२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषबाट बजेट पारित : 'अध्यादेशका लागी राष्ट्रपति समक्ष सिफारिस'

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । । आगामी आर्थिक वर्षको बजेट सरकारले अध्यादेशबाट नै ल्याउने भएको छ । आज (शनिबार) दिउँसो ४ बजे सरकारले आगामी आर्थिक वर्षका लागि वजेट सार्वजनिक गर्ने भएको हो ।

शनिबार विहान बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाटै वजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।

कानुनमन्त्री लीलानाथ श्रेष्ठले बजेट अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए । विपक्षी दलले भने संसद विघटन भइसकेको अवस्थामा अध्यादेशबाट बजेट नल्याउन सरकारलाई खबरदारी गर्दै आइरहेका छन् ।

तर सरकारले विपक्षमा रहेका दलको सुझावलाई बेवास्ता गर्दै अध्यादेशबाट नै वजेट ल्याउने तयारी गरेको हो । सरकारले अर्थ मन्त्रालयले तयार पारेको बजेट मन्त्रिपरिषद्वारा पारित गरिसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि करिब १६ खर्ब रुपैयाँको बजेट पारित गरेको हो । ‘विहान बसेको मन्त्रीपरिषद् बैठकले अर्थ मन्त्रालयले तयार गरेको वजेट पारित गरिसकेको छ, करिब १६ खर्ब रुपैयाँको वजेट बनेको छ’ ती मन्त्रीले हाम्राकुरासँग भने ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा सरकारले संसद्मा आगामी आर्थिक वर्षको आयरव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

तर संसद भंग भएको र सरकार नै काम चलाउ अवस्थामा रहेकाले वजेटमा नयाँ कार्यक्रम समावेश नगर्न र करका दरहरु पनि परिवर्तन नगर्न भन्दै पूर्व अर्थमन्त्रीहरुले सरकारलाई पूणर् वजेट नल्याउन आग्रह गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार