२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश २   :  'तीन प्रतिशत नागरिकले मात्र गरे पिसिआर परीक्षण' 

शुक्रवार , जेठ १४, २०७८

प्रदेश २   :  'तीन प्रतिशत नागरिकले मात्र गरे पिसिआर परीक्षण' 
जनकपुरधाम, जेठ । कोरोना महामारी फैलिएयता प्रदेश नं. २ का करिव ३ प्रतिशत नागरिकले मात्रै पिसिआर परीक्षण गराएका छन । प्रदेश र स्थानीय सरकारले परीक्षणको दयारा नबढाएका कारण कोरोना संक्रमणको वर्तमान अवस्था बुझन समस्या भएको जनाइएको  छ ।  
मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको पछिल्लो अवस्थावारे जानकारी लिन बोलाएको सरोकारवालाको बैठकमा प्रदेश नं.२ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले  प्रस्तुत गरेको तथ्याङकमा झण्डै तीन प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएको उल्लेख छ । 
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक झाले प्रदेशमा ६० लाख जनसंख्या रहेको अनुमान गर्दै त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात एकलाख ७८ हजार ६३१ ले पिसिआर परीक्षण गराएको जानकारी गराए । 
उनले पिसिआर परीक्षण गराएकामध्ये १७ दशमलब ४७ प्रतिशत अर्थात ३१ हजार २२३  संक्रमित देखिएका छन ।  हाल यस प्रदेशमा ११ हजार ५५९ एक्टिभ संक्रमित रहेको पनि जानकारी गराए । 
स्वास्थ्य निर्देशनालयको तथ्याङक अनुसार हाल अस्पतालमा ७३४  उपचार गराईरहेका छन भने १० हजार ६२५ होम आइसोलेशनमा रहेको छ । 
कोरोना संक्रमणका कारण प्रदेशमा हालसम्म ६०३ को मृत्युभएको छ । कोरोना महामारीको दोस्रो लहरको संक्रमणदर  पछिल्लो समयमा घटदो क्रममा गएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
 संक्रमणदर  अहिले केही झरेको निर्देशक झाले व्रिफिङ्गको क्रममा जानकारी गराए । तर उत्त दर फेरी पनि बढनसक्ने सम्भावना  भने कायमै रहेकाले सतर्कता अपाउन आवश्यक रहेको उहाँको भनाइ  थियो ।  
बैठकमा उपस्थित अन्य सरोकारबालाले हाल कोरोना सङक्रमण रोकथाम, उपचार र नियन्त्रणमा आ–आफनो निकायबाट भै रहेको प्रयासबारे  मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । 
बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडीसहितको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार