२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

स्वास्थ्यकर्मीमाथिको आक्रमण : 'सुरक्षाकर्मीमाथिको आक्रमण सरह'

शुक्रवार , जेठ १४, २०७८

काठमाडौं, जेठ । महामारी बिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथिको आक्रमण सुरक्षाकर्मीमाथिको आक्रमण सरह हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

देशबासीका नाममा अहिले जारी सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, स्वास्थ्यकर्मीमाथिको आक्रमण सुरक्षाकर्मीमाथिको आक्रमण बराबर हाे ।

महामारी विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि हुने आक्रमण ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथिको आक्रमण सरह मानिनेछ’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ।

उनले विश्वव्यापी कोरोना संक्रमणको प्रमुख चुनौती नै जनताको जीवनरक्षा गर्नु भएकोसमेत बताए । सरकार त्यसतर्फ अघि बढिरहेको भन्दै उनले त्यसका लागि नै निषेधाज्ञा कायम गरिएकोसमेत प्रष्ट्याए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार