२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

गण्डकी प्रदेश : ' कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या घटे '

बुधवार , जेठ १२, २०७८

पोखरा, जेठ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै घटेको छ । मङ्गलवार सम्ममा १९, २० को सङ्ख्यामा मृत्यु हुने गरेकोमा बुधवार आइपुग्दा सात मृत्यु हुनेको सङ्ख्या सात जना रहेको छ ।

बुधवार मृत्यु हुनेमध्ये कास्कीका चार जना, स्याङ्जाका दुई जना र लमजुङका एक जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ५७७  पुगेको छ । यस्तै कोरोना संक्रमित दर पनि घटेको छ ।

मङ्गलवार १५ सय भन्दा बढी संक्रमित पुष्टि भएकोमा बुधवार घटेर एक हजार ७९ मा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार पुष्टि भएका संक्रमितमा ४८० जना महिला र ५९९  पुरुष छन् ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको मूल सङ्ख्या ३० हजार ९५४ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार