२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काेराेनाकाे कहर कहालीलाग्दाे

काठमाडाैँ उपत्यका : " निषेधाज्ञा एक साता थपियो, कडा प्रावधान लागू "

निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइने

बुधवार , जेठ १२, २०७८

काठमाडौं, जेठ  । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो ।

थप निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । उनले भने, ‘एक हप्ताका लागि अत्यावश्यक हरियो तरकारी फलफूल र मासुजन्य पदार्थ, दुध लगायतका अत्यावश्यक खाद्य पदार्थ खरिद गर्न दिने, तर खाद्यान्न, किराना पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने निर्णय गरेका छौ ।

उनका अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ । उनले  भने, ‘अब ती क्षेत्रका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने भएका छन । ’

दोस्रो लहरको कोरोना संक्रमण बढेको भन्दै उपत्यकाका तीन प्रशासन कार्यालयले १६ देखि २२ वैशाखसम्म पहिलो पटक निषेधाज्ञा लगाएको थियो । त्यसपछि २२ देखि २९ वैशाख र २९ देखि १३ जेठसम्मका लागि निषेधको आदेश जारी भएको थियो ।

उल्लंघन गर्नेलाई अध्यादेश अनुसार कारबाही

सूचनामा अब लागू हुने निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गर्ने गरिने भएको छ । हालै जारी कोभिड–१९ अध्यादेश अनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको हो ।

अध्यादेशमा अनुमति विना वा बिरामी ओसार पसार गर्ने प्रयोजनबाहेक सवारी साधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ 

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार