२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

तरुण दलले जिल्ला समितिलाई भन्यो : 'सहकार्य गरेर संघर्ष गर्नू'

मंगलवार , जेठ ११, २०७८

काठमाडौं,  जेठ । नेपाल तरुण दलले स्वास्थ्य मापदण्ड पालना गर्दै संसद विघटनविरुद्ध संयुक्त संघर्ष गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

तरुण दलसँग सहकार्य गरेका वाइसीएल, समाजवादी युवा संघ, युवा संघ, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय र छलफल गरेर संघर्ष गर्न तरुण दलले निर्देशन दिएको हो ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जिल्ला कमिटीलाई परिपत्र गर्दै विपक्षी गठबन्धनका युवा संगठनसँग मिलेर संघर्ष गर्न भनेका हुन् ।

यसअघि उनीहरुले संयुक्त विज्ञप्ति निकालेर संसद विघटनको विरोध गरेका थिए । उनीहरुले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार