२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस सांसद गगन थापाले भने : 'अहङ्कारी प्रधानमन्त्रीका कारण अदालत आउनु पर्ने भयो'

सोमवार , जेठ १०, २०७८

काठमाडौं, जेठ  । नेपाली कांग्रेसका सांसद गगन थापाले संविधान बनाउँदा राजनीतिक अस्थिरताको अन्त्य गर्ने परिकल्पना गरिए पनि स्वेच्छाचारी र अहङ्कारी प्रधानमन्त्रीका कारण पटक पटक मुलुकमा अस्थिरता देखिएको बताएका छन् ।

सर्वोच्च अदालतमा रिट दायर गरेर बाहिरिने क्रममा पत्रकारहरूसँगको कुराकानीमा थापाले संविधान विरोधी, अयोग्य र अहङ्कारी प्रधानमन्त्रीका कारण राजनीतिक स्थिरताको माग गर्दै पटक पटक अदालत धाउनु परेको बताए ।

‘संविधान बनाउँदा राजनीतिक स्थिरताको परिकल्पना थियो, संविधान विरोधी, अयोग्य र अहङ्कारी प्रधानमन्त्रीका कारण पुनः स्थिरताको माग गर्दै पटक पटक अदालत धाउनु पर्ने अवस्था आयो,’ सांसद थापाले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार