काठमाडौं, जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २५ थान रिट पेश भएको छ ।
सर्वोच्च अदालतका सहरजिष्टार बाबुराम दाहालले आइतबार साढें तीन बजेसम्म प्रतिनिधि सभा विघटनकाबिरुद्धमा २५ थान रिट आएको जानकारी दिए ।
प्रतिनिधि सभा विघटनका बिरुद्धमा २५ थान रिट आएको छ, प्रक्रिया पुगे नपुगेको हेरेर दर्ता गर्ने अवस्थामा अघि बढ्छौंं,’ सर्वोच्च अदालतका सहरजिष्टार दाहालले भने ।
कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका छन् । यो अधिकार कुनै पनि नागरिकलाई छ ।
कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा अदालतमा रिट दायर गर्न सक्छ । रिट दायर गर्नेहरुमा अधिवक्ता सन्तोष भण्डारी, किर्तिनाथ शर्मा पौडेलवीर, भद्र जोशीसहितका कानुन व्यवसायी छन् ।
उनीहरुले संयुक्त रुपमा रिट दायर गरेका हुन् । यस्तै अन्य कानुन व्यवसायीले पनि संयुक्त तथा अलग अलग रिट दायर गरेका छन् ।