काठमाडौं, जेठ । प्रधानमन्त्री केपी ओलीले सत्ताको लागि जस्तो सुकै सम्झौता गर्ने खतरा बढेको वरिष्ठ अधिवक्ता डा. भिमार्जुन आचार्यले बताएका छन् ।
उनले भने, ओली राष्ट्र घातको कित्तामा उभिएको दिन देखि बिरोध गरिरहे पनि ओलीको गुट र कार्यकर्ता आफू बिरुद्ध खनिए ।
उनले थपे, ‘ उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे।
भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान् भन्ननसिकने अवस्था छ’, डा. आचार्यले सामाजिक सञ्जालमा भनेका छन् , ‘सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो।’
उनले एउटा नेता भन्दा देश ठूलो हो, भन्दै होसियार हुन समेत सचेत गराएका छन् । डा. आचार्यले राष्ट्र घाती काम हुन नदिन समेत आग्रह गरेका छन् ।