काठमाडौं, जेठ । संसद विघटनविरुद्ध उभिएका विपक्षी दलका सांसद भोलि सोमबार सर्वोच्च अदालत जाने भएका छन् । केही सांसद उपत्यका बाहिर रहेको र केहीको नागरिकता समयमा नआइपुगेका कारण सोमबारसम्म सबै डकुमेन्ट पुर्याएर सांसद सशरीर अदालत जाने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
‘आजै अदालत जाने तयारी हो, तर समयले भ्याइएन, डकुमेन्ट तयार हुँदैछ, नागरीकता जम्मा हुने क्रममा नै छ, अब भोली सांसदहरु सशरीर जाने भन्ने निर्णय भएको छ,’ संचारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने ।
सो क्रममा उनले पिवक्षी गठवन्धनको प्रधानमन्त्रीको मागदाबी राष्टपति समक्ष पेश गर्दाको भन्दा केही सांसद गठवन्धनमा थपिएको समेत दाबी गरे ।
‘पहिले भन्दा केही सांसद अरु पनि थपिनुभएको छ, अरु साथीहरु पनि आउने भन्ने छ, त्यो संख्या घट्दैन बरु बढ्छ,’ संचारकर्मीसँग माओवादी अध्यक्ष दाहालले भने । यसअघि आर्ज सर्वोच्च अदालतमा रिट हाल्न जाने बारेमा शीर्ष नेताबीच छलफल भएको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेपछि त्यसको विरुद्धमा विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा एक ठाउँ उभिएका छन् । यो गठवन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका उम्मेदवारमा अघि सारेको थियो ।