२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बाँके : 'कोरोना संक्रमणका कारण थप ८ को मृत्यु'

आइतवार , जेठ ९, २०७८

नेपालगन्ज, जेठ । बाँकेमा कोरोना संक्रमणका कारण थप ८ को मृत्यु भएको छ । भेरी अस्पतालमा ५ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ को मृत्यु भएको हो ।  मृत्यु हुने सबै बाँके बाहिरका हुन् ।

कैलालीका ४ दाङका २ तथा बर्दिया र सल्यानका १–१ हुन् ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत बबई २ दाङका ९२ वर्षीय पुरुष, ठाकुरबाबा ७ बर्दियाका ३८ वर्षीय पुरुष, टिकापुर १ कैलालीका ६० वर्षीय पुरुष, टिकापुर ७ कैलालीका ३५ वर्षीय पुरुष र तुलसीपुर १ दाङकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत लम्कीचुहा ६ कैलालीकी ३३ वर्षीया महिला, जानकी ९ कैलालीकी ७५ वर्षीया महिला र शारदा १ सल्यानका ५० वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाबाट बाँकेका २७३ को मृत्यु भएको छ भने बाहिरी जिल्लाका २४० को मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार