२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसद विघटनसम्बन्धी बहस

विपक्षी गठबन्धनकाे तयारी : ' आज संसद रिट हाल्न सर्वोच्च अदालत जाने तयारी '

गठबन्धनमा १४९ , बहुमत, सांसदको समर्थन रहेको दाबी

आइतवार , जेठ ९, २०७८

काठमाडौं, जेठ । विपक्षी गठबन्धनका नेता आज संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलले आफ्ना सांसदलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।

आज तयारी सकिए आजै, नभए भोलि सर्वोच्च जाने उनीको तयारी छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको सञ्चारकमीलाइ बताए ।

‘तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं,’ उनले भने । नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले पनि सकेसम्म आजै सर्वोच्च अदालत जाने तयारीमा रहेको बताएकी छन ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।

विपक्षी गठबन्धनका बहुमत सांसदको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार