२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले स्थायी कमिटी बैठक : "आज साँझ ४ बजे बालुवाटारमा बस्दै"

शनिवार , जेठ ८, २०७८

काठमाडौं, जेठ । सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सञ्चारकमीर्लाइ जानकारी दिएका छन।

पार्टीभित्र देखिएको पछिल्लो समस्या र समाधानका बारेमा बैठकमा छलफल हुने बताइएको छ । नेता माधवकुमार नेपाल पक्षका नेताहरुले विपक्षी गठबन्धनमा लागेको र नेता रामबहादुर थापा बादललाई निर्वाचनमा मतदान नगरेको विषयबारे बैठकमा छलफल हुने एमाले स्रोतले बताएको छ ।

आजको बैठकमा नेता नेपाल पक्षका नेताबारे आवश्यक छलफल गरी कारवाही प्रक्रिया अगाडि बढाउने विषयमा निर्णय हुनसक्ने अनुमान गरिएको छ । त्यसको अतिरिक्त सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा तोकिएको आगामी निर्वाचनको तयारी विषयमा समेत छलफल हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार