२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सता समीकरणकाे खेल

देउवालाई ओलीको प्रस्ताव:  : "राष्ट्रिय सहमतिको सरकार बनाऔं, अगाडि बढौं"

कांग्रेस सभापति देउवासँग टेलिफोन गरी वैकल्पिक सरकार बनाउन आग्रह

शुक्रवार , जेठ ७, २०७८

काठमाडौं, जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’

उनलेे शुक्रबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् ।

वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका भन्दै उनले भने, ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा, सवैलाई समेटेर साझा भूमिका खेल्नेछु ।’

अरु कुनै उपयुक्त विकल्प छ भने त्यो पनि प्रस्तुत गर्न देउवालाई आग्रह गरेको प्रधानमन्त्री ओलीले बताए ।  कमसेकम यो विकल्प हो भनेर हिम्मतका साथ भन्नुहोस्’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार