२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सत्ता समीकरण खेल

दलहरुबीच छलफल तीब्र : "जसपाका ठाकुर सत्ता समीकरणका नायक देखिए ! "

जसपा अध्यक्ष यादवले ठाकुरलाइ अगाडी सारे

शुक्रवार , जेठ ७, २०७८

 


काठमाडौं, जेठ  । २१ घण्टाको समय दिएर आज सााझ ५ बजेसम्मको समय दिएर राष्टपतिले प्धानमन्त्री बनाउने आधार लिएर आउन आव्हान गरेपछि  सत्ता समीकरणको खेल तीब्र बनेको छ । नेपाली काग्रेसले आफ्नो पदाधिकारी बैठक सक्दै भनेको छ, संबिधान पटक पछक मिचियो , सबै किसिमका खुला छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ 
यस्तैगरी जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव  अगाडि बडाएका छन ।  यसको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्ने  उनले बताए । 
अर्को बिपक्षी राजनीतिक दल नेकपा माओवादी केन्द्रले भने आफूले प्रधानमन्त्री दावी नगर्ने यसअघि ने बताईसकेको छ । यसले गर्दा अब नेपाली काँग्रेस र जनता समाजबादीबीचको छलफल र निष्कर्षले सत्ता समीकरणको पक्षमा निर्णयमा पुग्ने पक्का देखिएको छ । यसमा नेपाली काग्रेसले पनि छलफललाई महत्व दिएको छ । 
जनता समाजबादीको संसदीय दलको बैठक बोलाइएको छ,, त्यो पछि तीन दलीय बैठक बस्ने र रणनीति तय गर्ने स्रोतले बताएको छ । 
जसपा स्रोतका अनुसार, नेपाली कांग्रेस र जसपाबीच यसअघि नै महनथ ठाकुरलाई प्रधानमन्त्री बनाएर सत्ता समीकरण निमाृण गर्ने मौखिक सहमति भएको छ । यद्यपी यसले सार्थक रुप लिन पाएको थिएन ।  
यसले गर्दा अहिले सत्ता समीकरणको नायक महन्थ ठाकुर देखिएका छन ।  अबको रानिितक घट्नाक्रम हेर्दा  प्रधानमन्त्री ओलीले पनि साझेदारमा ल्याउन चाहे ठाकुरलाई नै प्रधानमन्त्री स्वीकारर्नुपर्ने  अवस्था आएको छ । निर्णयक शक्तिको रुपमा देखिएको जसपाले आफ्नो तेतृत्वमा भए सत्तामा जाने भन्ने निर्णय गरेको छ । 

गत मंगलबार ठाकुर र यादववीच भएको ८ बुंदे सहमति अनुसार ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिएको यादवले बताए । ‘हामीले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छौ’, यादवले भने । महन्थलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन गर्छन् त भन्ने जिज्ञासमा उनले भने, ‘समर्थन जुटाउनको लागि हामीले कांग्रेस र माओवादी केन्द्रसँग कुरा गर्छौ ।’ 

ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत जुटाउन समर्थन गरे भने के हुन्छ त भन्ने जिज्ञासमा यादवले भने, ‘ओलीको चाहना आफ्नो नेतृत्वमा बहुमत जुटाउनु भन्दा पनि संसद विघटन गर्न खोजको देखिन्छ ।’
ठाकुर र महतो  पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलमा ठाकुर महतो पक्ष र उपेन्द्र यादव पक्ष बराबरी संख्यामा छन् । तर ठाकुर–महतो पक्षका एक नेताले उपेन्द्र यादव पक्षका ३ सांसद आफूतिर आइसकेको दावी गरेका छन् । आफूतिर आएका सांसदहरुको बारेमा भने उनले नाम खुलाउन चाहेनन् ।

यता प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार बनाउन बहुमत पुग्न नदिनको लागि ठाकुर र महतो पक्षसँग भेटघाट र कुराकानीलाई तीव्र बनाएका छन् । 

ठाकुरलाई फकाउनको लागि जसपाले राखेका माग ओलीले आंशिक पूरा गरेका छन् । ठाकुर र महतो पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिने सम्भावना रहेको ठाकुर निकट एक नेताले बताए । 

मंगलबार ठाकुर र यादववीच भएको ८ बुँदे सहमतिमा जसपा तत्काल सरकारमा नजाने, राष्ट्रिय नेतृत्वको सरकार या जसपाको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा सरकार गठनको लागि अग्रसर हुने सहमति गरिएको छ । 

उक्त सहमति अनुसार अव जसपाले सरकारको नेतृत्वको लागि पहल गर्नु पर्ने यादव पक्षका नेताहरुको भनाइ छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार