२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक

प्रतिनिधि सभाअधिवेशन : "जेठ ९ गते बोलाउने निर्णय "

बिहिवार , जेठ ६, २०७८

काठमाडौँ, जेठ । प्रतिनिधि सभाको अधिवेशन जेठ ९ गते प्रारम्भ हुने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन जेठ ९ गते बोलाउने निर्णय गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिला नाथ श्रेष्ठका अनुसार जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

सर्वोच्च अदालतले गैर सांसद मन्त्रीको पुनः नियुक्ति बदर गरेकै दिन क्याबिनेटले यस्तो निर्णय गरेको हो । गैर सांसद मन्त्रीको पुनः नियुक्ति संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले बदर गरिदिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार