२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुदूरपश्चिम प्रदेश : ' थप १० कोरोना संक्रमितको मृत्यु'

बिहिवार , जेठ ६, २०७८

धनगढी, जेठ । सुदूरपश्चिम प्रदेशमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ५ कञ्चनपुरका ३ ,बैतडी र डोटीका १/१ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ । यस्तै प्रदेशभर थप ८४९ संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन विधिबाट २ हजार १०१ को परीक्षण गर्दा उनीमा संक्रमण देखिएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५१७ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार