२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रियसभा सदस्य निर्बाचन

देबकोटालाई जिताउने ओली – नेपाल सहमति : “भित्री ‘सर्कुलर’ देवकोटालाई नै मत हाल्न” 

‘उमेद्वारी दिने समयमा नेकपामा विवाद  थियो, अहिले समाधान गर्ने सहमतिपछि अवस्थामा परिवर्तन आयो’

बिहिवार , जेठ ६, २०७८

 

काठमाडौ, जेठ । बागमती प्रदेश राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुँदैछ ।  यस उपनिर्वाचनमा तीनजना  उमेद्वार मैदानमा हुनुहुन्छ । यस उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा, नेपाल मजदुर किसानबाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवारमा खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 
सङ्घीयताविद् देवकोटा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा उम्मेदवारी  दिएका हुन । 
उमेद्वारी दिने समयमा नेकपामा विवाद  थियो । तर अहिले समाधान गर्ने सहमतिपछि अवस्थामा परिवर्तन  आयो । ओली – नेपाल सहमतिका लागि छलफलमा छन । अब बादल र देवकोटा उमेद्वार जसरी दिए पनि पनि दुबै एमालेका नै हुन ।  त्यस माथि पनि देबकोटा बिद्धान ब्यत्तित्व हुन । 
अब मत कहाँ जान्छ त ? 
ओली – नेपाल सहमतिका लागि छलफल भइरहेका बेला मतका बिषयमा त देखिने गरी ओली बादलका पक्षमा छन ।  नेकपा एमाले स्रोतका अनुसार, ओली – नेपालबीच भित्री सहमति भने देबकोटालाई दिने रहेको जनाइएको छ । 
एमाले स्रोत भन्छ, अब भोटका क्रममा ओलीको बाहिर जे देखिए पनि भित्री सर्कुलर भने देबकोटालाई नै मत दिन निर्देशन भइसकेको छ । यही रणनीति अन्तर्गत बादलको उमेद्वारीलाई बिबादास्पद बनाउन प्रधानमन्त्री ओलीले मौन अवधिमा मत मागेका हुन । अन्तत ः त्यही देखियो । अहिले देबकोटाको उमेद्वारीलाई नै सशक्त बनाउने रणनीति अन्तर्गत ओलीलेत्यस्तो खेल खेलेको एमाले स्रोत बताउँछ । 
अब बादल र देवकोटा उमेद्वार जसरी दिए पनि पनि दुबै एमालेका नै हुन ।  जो आए पनि उनीहरकै आउने भएकाले यो खेल खेलिएको स्रोत थप्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार