२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस संसदीय दल, कार्यसमिति बैठक

कांग्रेसले भन्याे : "निर्वाचनको मौन अवधिका बेला प्रधानमन्त्रीले मत माग्नु आप्पत्तिनक"

निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ

बुधवार , जेठ ५, २०७८

काठमाडौं , जेठ । निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।

कांग्रेस संसदीय दल, कार्यसमितिको बुधबार बसेको बैठकले राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको बेला प्रधानमन्त्रीले वक्तव्य जारी गर्दै मत मागेको भन्दै आप्पत्ति जनाएको हो ।

‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने हाम्रो ठहर छ’ प्रमुख सचेतक बालकृष्ण खाँडले भने । वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन भोलि हुँदैछ ।

त्यसको अघिल्लो दिन नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बादलको पक्षमा मत माग्दै वक्तव्य निकालेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार