२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कर्णाली प्रदेश : 'विभिन्न जिल्लामा थप ९ कोरोना संक्रमितको मृत्यु '

बुधवार , जेठ ५, २०७८

सुर्खेत, जेठ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभर थप ९ संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । उनका अनुसार मृतकमध्ये सुर्खेतका ५, दैलेख, डोल्पा, जाजरकोट र रुकुम पश्चिमका एक/एक रहेका छन् ।

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७९ पुगेको निर्देशनालयले जनाएको छ । कर्णालीमा बुधबार ६८९ को पीसीआर परीक्षण गर्दा ४६९ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ६२८ को एन्टिजेन २१० मा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३९६ संक्रमित निको भएका छन् भने ७३२ आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार