२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

ॐ आदि फाउन्डेशन

' प्रधानमन्त्री राहत कोषमा २१ लाख १० हजार १०४ सहयोग'

बुधवार , भाद्र १७, २०८३

 


काठमाडौं, भदौ ।

ॐ आदि फाउन्डेशनले प्रधानमन्त्री राहत कोषमा २१ लाख १० हजार १०४ रुपैयाँ सहयोग गरेको छ। रसुवा बाढीबाट प्रभावितका लागि ॐ आदि फाउन्डेशनले प्रधानमन्त्री राहत कोषमा उक्त रकम सहयोग गरेको हो।

फाउन्डेशनले मुक्तिनाथ विकास बैंकको चेकमार्फत २१ लाख १० हजार १०४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको एभरेस्ट बैंकमा रहेको खातामा जम्मा गरेको जनाएको छ।

फाउन्डेशनका महासचिव उद्धव कुमार केसीले भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिमा प्रभावितको उद्धार तथा राहतका लागि सहयोग रकम उपलब्ध गराइएको जानकारी दिए।

फाउन्डेशनका अनुसार संस्था वि.सं .२०७१ सालमा दर्ता भई आध्यात्मिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा काम गर्दै आएको छ। 

फाउन्डेशनले २०७२ सालको महाभूकम्प, बाढी तथा कोभिड-१९ महामारीलगायतका प्राकृतिक तथा दैवी विपद्का समयमा समेत संस्थाले सहयोग गर्दै आएको जनाएको छ। -  अन्नपूणबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार