२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

 संविधान संशोधन बहस

संविधान संशोधनकाे गृहकार्य थालियो : " कार्यदल चाँडै बन्ने "

सबै दलसँग सहमति जुटाएर संविधान संशोधन गरिने : गृहमन्त्री लेखक

मंगलवार , पौष ९, २०८१

 

काठमाडौँ, पुस । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन । संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले बताए ।  

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताए ।  

संविधान संशोधन गर्न आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्ला बेग्लै कार्यदल बनाउन लागेको उनले जानकारी दिए । 

“पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ । त्यसपछि  सबै राजनीतिक दलसँग चरणबद्ध रुपमा वार्ता र संवाद गर्छौँ”, गृहमन्त्री लेखकले भने, “त्यसपछि विषय वस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ । यसका लागि केही समय लाग्छ ।”

समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनको भनाइ थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार