२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपाली कांग्रेस 

कांग्रेस - एमाले गठबन्धन   : "  सरकारमा कुनै समस्या छैन  "

 ' कांग्रेसका साथीलाई नि मुद्दा चलाइयो, कसैले होहल्ला गरेनन्'  : देउवा

आइतवार , कार्तिक २५, २०८१

 

धनगढी, कात्तिक । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारमा कुनै समस्या नभएको बताएका छन् । 

सुदूरपश्चिमको भ्रमणको सिलसिलामा आइतबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री देउवाले  यस्तो बताएका हुन । 

सभापति देउवाले भने, सहकारी प्रकरणलाई लिएर रवि लामिछाने विरुद्धको अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा सम्बन्धित पक्षले अदालतमाथि विश्वास गर्नुपर्ने बताए ।

' हाम्रा साथीहरूलाई पनि मुद्दा चलाइएको छ, देउवाले भने, ' तर हामीले कहिल्यै हो हल्ला गरेनौं, अदालतको कानुनी प्रक्रियामाथि विश्वास गरेका छौँ ।'  सभापति देउवाले यो सरकार २०८४ सम्मै टिक्ने बताए ।

पूर्वप्रधानमन्त्री देउवा करिब १ साता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

गृह जिल्ला डडेलधुरालगायत कैलाली र कञ्चनपुरमा सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण तथा पार्टी कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार