२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस - एमाले गठबन्धन

सत्ता गठबन्धन कसिलो बनाउने निर्णय  : ' दुई दलीय संयन्त्र निर्माण'

‘ यस्तो संयन्त्र केन्द्र, प्रदेश र जिल्लासम्म बन्ने ’

बुधवार , कार्तिक २१, २०८१

 

काठमाडौँ, कात्तिक । कांग्रेस एमालेले सत्ता गठबन्धन झन् कसिलो बनाउने भन्दै दुई दलीय संयन्त्र निर्माण गरेका छन् ।  प्रतिपक्ष दलले गठबन्धन समस्यामा फस्न लागेको आरोप लगाइरहेका बेला दुई दलले सोमबार संयन्त्र बनाएका थिए ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सरकारका कामलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि संयन्त्र निर्माण गरेको बताए ।

‘सरकारका काम अझै प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि दुई दलीय संयन्त्र निर्माण भएको हो,' उनले भने, ‘यस्तो संयन्त्र केन्द्र, प्रदेश र जिल्लासम्म बन्नेछ ।’

संयन्त्रमा गठबनमधन निर्माणका बेला भएको संविधान संशोधनलगायत सातबुँदे सहमति कार्यान्वयन र सरकारको साझा न्यनुतम कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यानवयनमा लैजान भूमिका खेल्ने नेताहरुको भनाइ छ ।

संयन्त्रको शीर्ष तहमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहने गरी आठ सदस्य छन् ।

दुई दलीय संयन्त्रमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहेका छन् ।

प्रदेश र जिल्लामा दुई दलबाट तीनरतीन सदस्य रहेको संयन्त्र बनाउने सहमति भएको छ । यो संयन्त्रले प्रदेश सरकारलाई सुझाव दिने र स्थानीय सहकार्यका लागि काम गर्ने नेताहरुको भनाइ छ ।

- कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार