काठमाडौँ, भदौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
टुँडिखेलमा सोमबार आयोजित गौरा पर्व विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पुगेका नेताहरूको विरोध भएपछि समाज बिथोल्न खोज्नेहरुलाई कारबाही गर्न आग्रह गरे ।
ओली र देउवा टुँडिखेलमा पुग्दा केही युवाहरुले नेताहरुको विरोधमा नारा जुलुस गरेका थिए ।
सोही विषयमा बोल्दै सभापति देउवाले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए ।
उनले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत भारतको केही जिल्लाहरुबाट समेत साथीहरू आउनुभएको छ । यहाँ गौरा पर्व सुन्न आएकाहरु हुनुहुन्छ । धेरै साथीहरु, देउडा खेल्न आउनुभएको छ । तर गौरा पर्व सुन्न दिँदैनन् ।
न गौरा खेल्न दिन्छन् । यस्ता कार्यक्रम बिथोल्नेहरु यहाँ बसेका छन्, यसको पछाडि को छ? कुन तत्व छ? त्यसलाई यहाँका जनताले ठिक पार्नुपर्छ भन्ने मलाई लाग्दछ ।
सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने कार्य गर्दै आएको बताए ।