सोमवार , २०७७ जेठ  १२ ( Monday , 2020 May 25 )

images

प्रचण्डको बधाई पत्र भन्छ : " नेपाललाई सहयोगको अपेक्षा "

कोरोनाविरुद्धको लडाइँमा प्राप्त गरेको सफलताकाे बधाई

  • डेमोखबर

  • प्रकाशित: आइतवार , २०७६ चैत्र  १६

कठमाडौं, चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसविरुद्धको लडाइँमा चीनले प्राप्त गरेको सफलताप्रति बधाई दिँदै राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीलाई प्रचण्डले आइतबार पठाएको पत्रमा चिनियाँ जनजीवनलाई सामान्य अवस्थामा ल्याउने सफलताप्रति बधाई दिएका हुन् ।


ADVERTISEMENT

images

उनले पत्रमा नेपाल अहिले कोरोना संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै चीनको तर्फबाट नेपाललाई आवश्यक सहयोगको अपेक्षासमेत गरेका छन् । प्रचण्डले जतिसक्दो चाँडो नेपालका लागि आवश्यक मेडिकल सामग्रीलगायत चीनबाट प्राप्त हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया