सोमवार , २०७७ जेठ  १२ ( Monday , 2020 May 25 )

images

लकडाउन : "कम्तीमा एकसाता लम्ब्याउने तयारी गदै सरकार"

मंगलबारबाट सुरु भएको बन्द सोमबार सकिँदै

  • डेमाेखबर

  • प्रकाशित: आइतवार , २०७६ चैत्र  १६

काठमाडौँ, चैत ।  सरकारले लकडाउन (बन्दाबन्दी) कम्तीमा एकसाता लम्ब्याउने भएको छ । मंगलबारबाट सुरु भएको बन्दाबन्दी सोमबार सकिँदैछ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एकसाता लम्ब्याउने गरी त्यसको गृहकार्य गरिरहेको स्रोतले जानकारी दियो ।

“यस्तो अवस्था छ । सङ्क्रमित थपिन थालेका छन् । बेलुकी मन्त्रिपरिषद्को बैठकले त्यसबारे आवश्यक निर्णय गर्छ । झन् सतर्कता अपनाउनुपर्ने परिस्थिति छ,” स्रोतले लम्बिने सम्भावना बतायो ।


ADVERTISEMENT

images

बन्दाबन्दी कम्तीमा एकसाता लम्ब्याउने तयारी रहेको स्रोतको दाबी छ । भारतले २१ दिनसम्म बन्दाबन्दी घोषणा गरेकाले समय गुज्रन बाँकी रहेकाले त्यसको अध्ययन गरेर नेपालले पनि आवश्यक सतर्कता अपनाउन लागेको स्रोतको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया