शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

इटालीमा कोरोनाबाट मृत्यु हुने ७५ सय नाघ्यो, कम्तिमा ५० पादरीको मृत्यु

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७६ चैत्र  १३

एजेन्सी, चैत्र  । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले विश्वका २१ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ । सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ ।

त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण ७ हजार ५०३ जनाको मृत्यु हुँदा ५० जनाभन्दा बढी इसाई धर्मका पादरीको पनि निधन भएको सरकारी अधिकारीले बताएका छन् ।


ADVERTISEMENT

images

कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोस्थित चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो ।

भाइरसबाट पोपकै मृत्यु हुन थालेपछि सबजसो गिर्जाहरु बन्द गरिएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित इटालीमा करिब ७५ हजारमा संक्रमण देखिएको छ । करिब १० हजार जनामा निको भएको छ भने अरुले एकान्तवासमा रहेर उपचार गराइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया