शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

पोखरा : 'भारतबाट फर्किएका एकको मृत्यु'

  • डेमोखबर

  • प्रकाशित: बुधवार , २०७६ चैत्र  १२

पोखरा,  चैत । १२ दिनअघि भारतबाट फर्किएका कास्की रुपा गाउँपालिकाका एक जनाको पोखरामा मृत्यु भएको छ । रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदराबादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए । अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

images

उनका कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । उनमा मुटु, कलेजो र सुगरको पनि समस्या रहेछ । रिपोर्ट आएपछि बाँकी कुरा पत्ता लाग्ला’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया