सोमवार , २०७७ जेठ  १२ ( Monday , 2020 May 25 )

images

तीन सातामा साढे २५ लाख बढी ग्यास सिलिन्डर बजारमा

  • डेमो खबर

  • प्रकाशित: बुधवार , २०७६ चैत्र  १२

काठमाडौं, चैत ।  नेपाल आयल निगमले तीन सातामा साढे २५ लाख ग्यास सिलिन्डर बजारमा पठाएको छ। अघिल्लो महिना (फेब्रअरी)मा २६ लाख सिलिन्डर पठाएको निगमले यो तीन सातामा २५ लाख ५० हजार ५ सय ५२ ग्यास सिलिन्डर बजारमा पठाएको हो।

अघिल्लो महिनाको तुलना गर्दा यो महिना बजारमा ग्यास माग अधिक बढेको थियो। निगमका अनुसार विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमणले उपभोक्तामा भएको त्रासका कारण एलपी ग्यासको माग बढेको हो।


ADVERTISEMENT

images

यो समाचार आजको राजधानी दैनिकमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया