शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

कांग्रेसले तीनदिन पार्टीको झण्डा आधा झुकाउने

पूर्णकुमार शेर्मा (लिम्वू)को निधनप्रति दुःख व्यक्त

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  ३०

काठमाडौं, फागुन ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा (लिम्वू)को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उनको सम्मानमा शुक्रबार, शनिबार र आइतबार  पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।


ADVERTISEMENT

images

त्यसैगरी चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उनको स्वर्गारोहण भएको तेह्रौँ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया