सोमवार , २०७७ जेठ  १२ ( Monday , 2020 May 25 )

images

कतार : नेपाली दूतावासद्वारा कन्सुलर सेवा बन्द

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  ३०

काठमाडौं, फागुन । कतारमा रहेको नेपाली दूतावासले अस्थायी रुपमा कन्सुलर सेवा बन्द गर्ने भएको छ । कोरोनाको भाइरस (कोभिड १९) को संक्रमणलाई ख्याल गर्दै आगामी चैत्र २ गतेदेखि अर्को सूचना जारी नभएसम्म अस्थायी रुपमा बन्द गरिने दूतावासले जनाएको छ । साथै, पासपोर्ट सम्बन्धी, मागपत्र प्रमाणीकरण, यात्रा अनुमती र मृतकका शव पठाउने काम नियमित रुपमा हुने दूतावासले जनाएको छ ।
कतारले कोरोनाको संक्रमणको फैलन नदिन अस्थायी रुपमा शैक्षिक संस्था, रेष्टुरेण्ट तथा क्याफेहरू समेत बन्द गरेको दूतावासको सूचनामा उल्लेख छ कतारमा अहिलेसम्म २६२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
दूतावासले नेपालीलाई सूरक्षित रहन विभिन्न सतर्कता अपनाउन समेत आग्रह गरेको छ । कतारमा चार लाख भन्दा बढी नेपाली नागरिक रहेको बताईन्छ ।
यता कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ ।

 


ADVERTISEMENT

images

फेसबुकबाट तपाईको प्रतिक्रिया