शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

‘कोरोनाभाइरस’बाट चीनमा मृत्यु हुनेको संख्या दुई हजार २०० भन्दा बढी

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  ९

बेइजिङ, फागुन । ‘कोरोनाभाइरस’को संक्रमणबाट चीनभरि मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ ।


ADVERTISEMENT

images

शुक्रबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरिमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार २३६ पुग्नुका साथै ७५ हजार ५७६ व्यक्ति संक्रमित भएका छन् ।

भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।

यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेई प्रान्तको रहेका जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया