शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  ९

काठमाडौं, फागुन ।  नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन ९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९४ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ४० पैसा र बिक्रीदर १२४ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा रहेको छ ।


ADVERTISEMENT

images

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३३ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २९ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

फेसबुकबाट तपाईको प्रतिक्रिया