शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

राजनीतिक घट्नाक्रमका बारेमा छलफल गर्न ओलीले प्रचण्डलाई बोलाए बालुवाटार

त्यसअघि हिजै विहान अध्यक्षद्वयबीच छलफल

  • डेमो खबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  ९

काठमाडौं, फागुन । नेकपाका अध्यक्षद्वयबीच छलफल हुने भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटार बोलएका हुन् ।

ओलीले पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टी राजनीतिका बारेमा छलफल गर्न प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । प्रचण्डका अनुसार यो छलफल पूर्वनिर्धारित थिएन ।


ADVERTISEMENT

images

अध्यक्षसँगको भेटघाटका लागि आफू बालुवाटार जान लागेको प्रचण्डले बताए । ‘विकसित घट्नाक्रमका विषयमा म अहिले बालुवाटार जाँदैछु । यो कार्यक्रम थिएन । तर विकसित घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले जानुपर्ने भयो,’ भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रचण्डले भने ।

विहीवारमात्र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए ।

त्यसअघि हिजै विहान अध्यक्षद्वयबीच छलफल भएको थियो । आजै एमसीसी अध्ययन कार्यदलले समेत प्रतिवेदन बुझाउने भएपछि अध्यक्षद्वय छलफलमा जुटेको स्रोतको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया