शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

साग पदक विजेताले अझै पाएनन् पुरस्कार : मन्त्रिपरिषदबाट अनुमोदन हुनै बाँकी

सामूहिक खेलका स्वर्ण विजेतालाई ६ लाख दिइने

  • डेमाेखबर

  • प्रकाशित: बिहिवार , २०७६ फाल्गुण  ८

गएकाे मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीले अझै पुरस्कार बापतकाे रकम पाउन सकेका छैनन् ।

साग पदक विजेतालाई एक महिनाभित्र पुरस्कार बापतकाे रकम हस्तान्तरण गर्ने घाेषणा गरेकाे भए पनि घाेषणा भएकाे चार महिनासम्म पनि रकम हस्तान्तरण हुन नसकेकाे हाे । 


ADVERTISEMENT

images

सरकारले प्रस्तावित पुरस्कार रकम बल्ल अर्थ मन्त्रालयबाट स्वीकृत भएकाे जानकारी गराएकाे छ । बुधबार खेलकुद मन्त्रालय आइपुगेको फाइल छिट्टै मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गरेपछि खेलाडी तथा प्रशिक्षकलाई वितरण गरिने जानकारी दिएकाे हाे । सरकारले एकल खेलतर्फ स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कांस्य विजेतालाई तीन लाख दिने निर्णय गरिसकेको छ । 

१ भन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण ११ लाख रुपैयाँ पाउनेछन् । यस्तो सुविधा सागमा सर्वाधिक ४ स्वर्ण जितेकी गौरिका सिंह तथा २ स्वर्ण विजेताहरु मन्डेकाजी श्रेष्ठ, आयशा शाक्यलगायतलाई हुनेछ ।

त्यस्तै सामूहिक खेलका स्वर्ण विजेतालाई ६ लाख दिइने छ । त्यस्तै स्वर्ण विजयी खेलाडीका प्रशिक्षकलाई पनि जनही ५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था छ ।

राखेप हुँदै पुरस्कार रकमको फाइल खेलकुद मन्त्रालय पुगेको हो । मन्त्रालयले उक्त फाइल डेढ महिनाअघि नै स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो । अर्थले ढिला गरी बुधबार मात्र पारित गरेको हो ।

मन्त्रालयले खेलाडीको पुरस्कारका लागि २४ करोड ७४ लाख रुपैयाँ निकासाका लागि सिफारिस गरेको थियो । मन्त्रालयका अनुसार प्रशिक्षकको पुरस्कार रकममा केही कटौती भएको छ । अन्य ब्यहोरा हुबहु पारित गरिएको छ । यद्यपी मन्त्रिपरिषद्को बैठकले सबै टुंगो लगाउनेछ ।

साग सम्पन्न भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर तामझामपूर्वक विशेष प्याकेज घोषणा गर्नुभएकाे थियाे । 

घोषणालगत्तै राखेप सदस्य-सचिव रमेशकुमार सिलवालले १ महिनाभित्रै खेलाडीले पुरस्कार पाइसक्ने दावी गर्नुभएकाे थियाे ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया