शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

प्रजातन्त्र दिवसका अवसरमा सहिद परिवारलाई राहत

  • डेमो खबर

  • प्रकाशित: बुधवार , २०७६ फाल्गुण  ७

धनकुटा, फागुन । २०३६ सालमा धनकुटाको छिन्ताङ्गमा शाहदत प्राप्त गर्ने १६ जना सहिदहरूलाई सम्झना गर्दै उहाँका परिवारहरूलाई सम्मान सहित ४० बर्ष पछि नगद पाँच लाख रुपैयाँ राहात प्रदान गरिएको छ ।
प्रजातान्त्रिक आन्दोलनको क्रममा सहादत प्राप्त शहिद परिवार सम्मान तथा आर्थिक सहायता वितरण कार्यक्रमको अवसर पारेर एक नम्वर प्रदेशका मुख्य मन्त्रि माननयि शेरधन राईले छिन्ताङ्गका सहित परिवारलाई राहात वितरण गर्नु भएको हो ।
प्रदेश नम्वर एकका प्रदेश सरकार ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस प्रदेश स्तरिय मुल समारोह समिति प्रदेश नम्वर १ विरानगरको आयोजनामा सम्पन्न सहिद परिवार सम्मान तथा आर्थिक सहायता वितरण कार्यक्रमको अवसर पारेर ४० बर्ष अघि शाहदत प्राप्त गर्नु हुने सहिदका परिवारलाई प्रदेश प्रमुख माननिय शेरधन राईले राष्ट्रिय बाणिज्य बैंकको डमि चेक हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । राज्यका सेवा सुविधाहरूलाई सरल तरिकाबाट गर्न संघिय संरचना रोजेर सहिद परिवारलाई नगद सहित सम्मान गरेको माननिय मुख्य मन्त्रि शेरधन राईले बताउनु भयो ।
कानुन मन्त्रि माननिय हिक्मत कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहित परिवार प्रति गम्भिरता पुर्वक ध्यान आर्कषण भएको बताउदै प्रमुख अतिथि मुख्य मन्त्रि राईले सहित परिवारहरूलाई शैक्षिक योग्यता भए नभएकाको तथ्यांक मागेर एकजना सहिद परिवारलाई रोजगार समेत दिई सकेको र आगामि दिनमा पनि सहित परिवारलाई महत्वपुर्ण स्थानमा राखि रोजगारको व्यावस्था गर्ने बचन दिनु भयो ।
यतिमात्र हैन दिएको नगदलाई सहि सदुपयोग गरि कुनै संघ संस्था या व्यावसाय खोलेमा पुन सहयोग गर्ने र नमुना गाउँ बनाउनुका लागि गाउँपालिकाको ध्यान जानु जरुरी रहेको समेत बताउनु भयो ।
उहाँका अनुसार अव जनताले निरास भएर बस्नु नपर्ने र एक पछि अर्काे थालेका सडकको काम सम्पन्न गर्दै पक्कि पुल निर्माण गर्ने समेत योजना रहेको बताउनु भयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रि माननिय हिक्मत कार्की, भुमि व्यावस्था कृषि तथा सहकारी राज्यमन्त्रि माननिय रामराना मगर, भौतिक पुर्वाधार विकास राज्यमन्त्री माननिय अमिरबाबु गुरूङ्ग, एक नम्वर प्रदेश सभा सदस्य, प्रमुख सचिव, सातै स्थानिय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख टंक चुहान, जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारि डाक्टर कृष्ण बहादुर घिमिरे, संघिय सांसद माननयि राजेन्द्र कुमार राई, प्रदेश सभा सदस्य माननिय ईन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, निरन राई, लिला सुब्बा, विनादेवि राई, आरसि तम्बालगायतको उपस्थितिमा प्रत्येक शहितका परिवारलाई पाँच लाख रूपैयाँ गरि जम्मा ८० लाखको डमि चेक हस्तान्तरण गर्नु भएको छ ।
प्रदेश सरकार गठन हुनु अघि नै छिन्ताङ्ग हत्या काण्डका विषयमा ध्यान आर्कषण भएको थियो ।
एक नम्वर प्रदेश सरकारका मुख्य मन्त्रि माननिय शेरधन राईको हातबाट शहिद परिवारका आफन्त हस्त बहादुर राई, बलराम थुलुङ्ग राई, खुस बहादुर विश्वकर्मा, राज कुमार राई, भाईलाल राई, गंगा बहादुर अंबुरा राई, भजना दमाई, शोम बहादुर दमाई, युवराज कार्की, थाम माया राई, दल बहादुर राई, संगिता देवि विषुकर्मा, बोध बहादुर दर्जी, थिरमान राई, भलकमान राई, अएन कुमार चाम्लिङ्ग राईको नाममा चेक बनाई डमि चेक हस्तान्तरण गर्नु भएको हो ।
यस अघि नै सम्बन्धित व्याक्तिका नाममा राष्ट्रिय बैक धनकुटा शाखामा खाता खोेलिसकिएको र उक्त राष्ट्रिय बाणिज्य बैकको चेकको रकम सम्बन्धित व्याक्तिले बैकमा गएर निकाल्न मिल्ने कार्यक्रम समन्वय कार्यालय जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रमुख जिल्ला अधिकारि डाक्टर घिमिरेले बैंकको चेक हस्तान्तरण गर्नु हुदै जानकारि दिनु भयो ।
शाहदत प्राप्त गर्नु हुने सहिदहरुमा सहिद गोपाल बहादुर आनन्द राई, भैरव बहादुर खालिङ्ग राई, बल बहादुर खत्रि, धनविर दर्जी, गम्भिरमान दर्जी, टंक बहादुर विश्वकर्मा, लाखमान साधुराई, रणध्वज पुमा राई, चन्द्रमान दमाई, गंगा बहादुर तुप्रिहाङ्ग, श्रीमाया राई हाङ्खिमा साईलि, राम कुमारि राई, पुत्रमान राई, गणेस बहादुर विश्वकर्मा, झगेन्द्र राई, केसरमान राईलगायत रहनु भएको छ ।
४० बर्षसम्म कुनै सरकारले गर्न नसकेको प्रदेश सरकारले गरेकोमा धन्यबाद दिदै सहिद परिवारको चराईरहेको घाउमा मलम लगाउने यो महान काम नमुना योग्य बनेको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताउनु भयो ।
-कोकिला भण्डारी (धनकुटा समाचारदाता)

फेसबुकबाट तपाईको प्रतिक्रिया