शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन

  • डेमो खबर

  • प्रकाशित: मंगलवार , २०७६ फाल्गुण  ६

काठमाडौं, फागुन । पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति भागवत ज्ञवालीको निधन भएको छ।

ज्ञवालीको मंगलबार बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २००१ सालमा गुल्मीमा जन्मिएका उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए। 


ADVERTISEMENT

images

प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका ज्ञवालीले बिपी कोइरालासँगै काम गरेको थिए। उनका श्रीतमी, दुई छोरा र तीन छोरी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया