शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

जिल्ला अधिकारि डाक्टर घिमिरेबाट गुल्मको कामको निरिक्षण 

  • डेमो खबर

  • प्रकाशित: सोमवार , २०७६ फाल्गुण  ५

धनकुटा, फागुन । जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारि डाक्टर कृष्ण बहादुर घिमिरेले गत आईतवार सशस्त्र प्रहरी बल, नेपाल नं।६ गुल्म हे।क्वा।छिन्ताङ्ग धनकुटाले गुल्मबाट गरेका कामकारवाहीको स्थलगत निरिक्षण गर्नु भएको छ । निरिक्षणका अवसरमा प्रमुख जिल्ला अधिकारी डाक्टर घिमिरे समक्ष सशस्त्र प्रहरी बल नेपाल नं।६ गुल्म हे।क्वा।बाट भएगरेका कामकारवाही, बिभागीय नीति निर्देशन, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सुरक्षा चुनौती तथा भावी सुरक्षा रणनीति, गुल्मले हासिल गरेका उपलब्धी लगायत विविध विषयहरुमा प्रस्तुतीकरण गरिएको थियो ।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी डाक्टर घिमिरेले सशस्त्र प्रहरी बल नेपाल नं।६ गुल्म हे।क्वा। छिन्ताङ्ग धनकुटाको निरीक्षण पश्चात सशस्त्र प्रहरी कर्मचारीहरुलार्इ निर्देशन समेत गर्नु भएको थियो । सो अवसरमा उहाँले नेपाल सरकारले प्रदान गरेका जिम्मेवारीका क्षेत्रहरुमा नागरीकको हितमा समर्पित रहेर मानवअधिकार तथा नागरीकको नैसर्गिक हक अधिकारको रक्षा गर्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण, विपद व्यवस्थापन लगायतका विविध जिम्मेवारी निर्वाहमा यस गुल्मले उत्कृष्ट योगदान पुर्याईरहेको भन्दै गुल्मले गरेको कामको मुल्यांकन गर्दै सम्मान समेत गर्नु भयो ।


ADVERTISEMENT

images

त्यसैगरि संगठनले अङ्गिकार गरेको नीति, नियम र कार्यक्रम लागू गर्न प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले र्इमान्दारीता तथा कर्तव्यनिष्ठताका साथ आफ्नो कार्यक्षेत्रमा लाग्न, स्वच्छ मन बचन र कर्मले व्यावसायिक, नागरिक केन्द्रित भएर जनातको सेवा गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन सहितको सुझाव दिनु भएको थियो । निरिक्षणका क्रममा गुल्ममा पुग्नु भएका प्रमुख जिल्ला अधिकारिलाई गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यले सशस्त्र प्रहरी बलले राज्य प्रदत्त जिम्मेवारीहरुलार्इ कुशलतापूर्वक निर्वाह गर्दै जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम राख्न र बिपद पिडित नागरीकको सेवा सुरक्षा तथा उद्धार कार्यमा उच्च मनोवलका साथ अहोरात्र परिचालित रहदै आइरहेको समेत जानकारि गराउनु भयो ।तस्बिरमः निरिक्षण गर्नु हुदै प्रमुख जिल्ला अधिकारि

फेसबुकबाट तपाईको प्रतिक्रिया