शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

रुपन्देहीमा प्रदेश स्थापना दिवसको अवसरमा बृक्षारोपण

  • डेमो खबर

  • प्रकाशित: सोमवार , २०७६ फाल्गुण  ५

धनकुटा, फागुन । रुपन्देहीको लुम्बिनिमा प्रदेश स्थापना दिवस मनाउदै उन्नत जातका फलफुल रोपण गरिएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका साथ रुपन्देहि जिल्लाको लुम्बिनीमा उन्नत जातको फलफुलको बिरुवा रोपण गरि प्रदेश स्थापना दिवस मनाईएको हो ।

भुमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर ५, उद्योग पर्यटन वन तथा वातारण मन्त्रालय प्रदेश नंम्वर ५, डिभिजन वन कार्यालय, रुपन्देही, लुम्बिनी विकास कोष र नेपाली सेनाको आयोजनामा गौत्तम बुद्धको जन्मस्थल लुम्बिनिमा उन्नत जातका कागति र अम्बाका सय गोटा विरुवा रोपण गरि दिवस मनाएको डिभिजन वन कार्यालय रुपन्देहीले जनाएको छ ।


ADVERTISEMENT

images

दिवसको अवसरमा फलफुलका बिरुवा रोप्दै प्रमुख अतिथिका साथमा सचिव डा. बाग्ले  (तस्बिर: कोकीला बराल)

स्थानीय जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रदेश नंम्वर ५ उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका सचिव डाक्टर राधा वाग्लेको सभापतित्व एवं ५ नंम्वर प्रदेशका प्रदेश सभा सदस्य माननिय फकुरुद्यिन खानको प्रमुख आतिथ्यतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्वर ५ का प्रदेश सचिव तेज बहादुर सुबेदी, लुम्बिनि संस्कृति नगरपालिका मेयर मनमोहन चौधरीलगायतले बृक्षारोपण गरि प्रदेश स्थापना दिवस मनाएको छ ।

गत फागुन २ गतेबाट प्रदेशका विभिन्न जिल्लाहरुमा स्थापना दिवस मनाउने क्रममा गत ३ गते बुटवलमा झाँकि सहितको आमसभा गरि मनाईएको थियो । ४ गते लुम्बिनिमा कागती र अम्बा लगायतका फलफुलका विरुवा रोपण गरि दिवस मनाएको डिभिजन वन कार्यालय रुपन्देहिका डिभिजनल वन अधिकृत बोधराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामि १ दखि १२ गतेसम्म दाङ्गमा दिवस मनाउने योजना समेत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया