शनिवार , २०७६ चैत्र  २२ ( Saturday , 2020 Apr 04 )

images

एक दिवसीय क्रिकेटमा नेपाल एक स्थान उक्लियो, १७ बाट १६ औं स्थानमा

नेपालले १२ खेलमा २० रेटिङ अंक

  • डेमाेखबर

  • प्रकाशित: सोमवार , २०७६ फाल्गुण  ५

काठमाडौं, फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको छ । नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो ।


ADVERTISEMENT

images

जसमा नेपालले अमेरिकालाई हरायो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ ।

नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया