शनिवार , २०७६ फाल्गुण  १० ( Saturday , 2020 Feb 22 )

images

पहाडी भू-भागमा आंशिक बदली, कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

आगामी तीन दिनको मौसम पूर्वानुमान

  • डेमाेखबर

  • प्रकाशित: शुक्रवार , २०७६ फाल्गुण  २

काठमाडौं, फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।


ADVERTISEMENT

images

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०२ गते (शुक्रबार)

दिउँसोः देशको पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशको पर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०३ गते (शनिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन ०३ गते (आईबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया