शुक्रवार , २०७६ फाल्गुण  ९ ( Friday , 2020 Feb 21 )

images

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको विश्व कीर्तिमान बराबरी, सन्दीपको राष्ट्रिय कीर्तिमान

सन्दिप लामिछानेले ६ र सुसन भारीले चार विकेट

  • डेमाेखबर

  • प्रकाशित: बुधवार , २०७६ माघ  २९

काठमाडौं, माघ  । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान  बराबरी गरेको छ। विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको आफ्नो अन्तिम खेलमा अमेरिकालाई ३५ रनमा समेट्दै नेपालले विश्व कीर्तिमान बराबरी गरेको हो।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनैपनि टोलीलाई सबैभन्दा कम योगफलमा समेट्ने टोलीका रुपमा नेपालले श्रीलंकाको विश्व कीर्तिमान बराबरी गरेको हो।


ADVERTISEMENT

images

श्रीलंकाले जिम्बावेलाई सन् २००४ को अप्रिल २५ तारिखमा ३५ रनमा अलआउट गरेको थियो। त्यतिबेला जिम्बावे १८ ओभर टिकेको थियो। नेपालसामु अमेरिका १२ ओभर मात्र टिक्न सक्यो।

अमेरिकालाई सस्तोमा समेट्न सन्दिप लामिछानेले ६ र सुसन भारीले चार विकेट लिए। सन्दीप एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक विकेट लिने नेपाली बलर हुन्।

उनले ६ ओभरमा एक मेडन राखेर १६ रन खर्चिए। अर्का स्पीनर सुसनले ३ ओभरमा एक मेडन राखेर पाँच रन खर्चँदै चार विकेट हात पारे। सन्दीपले सातौँ र १२ औँ ओभरमा दुई दुई विकेट लिएका थिए।

सुसनले पनि ११ औँ ओभरमा दुई विकेट लिएका थिए। करन केसीले पहिलो ओभर मेडन फ्याँकेका थिए। दोस्रो ओभरमा बलिङमा आएका सन्दीपले लगातार पाँच बल डट फ्याँकेर अन्तिम बलमा विकेट लिएका थिए।

त‍ेस्रो ‌ओभरमा अमेरिकाले करनलाई दुई चौका प्रहार गरेको थियो। त्यसपछि सन्दीप र सुसनको जोडी जमेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया