सोमवार , २०७६ चैत्र  १७ ( Monday , 2020 Mar 30 )

images

विवाहको लगनले सुनको कारोबार बढ्यो

  • डेमो खबर

  • प्रकाशित: मंगलवार , २०७६ माघ  २८

सुनको भाउ मङ्गलबार तोलामा एक सय रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ७५ हजार नाै सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार र गएकाे आइतबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार तोलामा सय रुपैयाँले घटेको हो ।


ADVERTISEMENT

images

चाँदी भने गएकाे आइतबारदेखि नै तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएकाे छ ।

यसैबीच लगनको समय भएकाले सुनको कारोबार बढ्दै गएको व्यवसायीले बताएका छन् । पुस महिनामा दैनिक मुश्किलले झण्डै १० किलो सुन कारोबार हुने गरेकाेमा अहिले माग बढेर दैनिक २० किलोसम्म पुगेको महासङ्घले जनाएको छ ।

फागुनमा विवाहको लगन भएकाले पनि कारोबार बढेको महासङ्घको भनाइ छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया