सोमवार , २०७६ चैत्र  १७ ( Monday , 2020 Mar 30 )

images

राष्ट्र बैंक : सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने

  • डेमाेखबर अथर्ब्यूराे

  • प्रकाशित: शनिवार , २०७६ माघ  २५

काठमाडौँ, माघ  । नेपाल राष्ट्र बैंकले कूल रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने टे«जरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।


ADVERTISEMENT

images

फेसबुकबाट तपाईको प्रतिक्रिया