शुक्रवार , २०७६ फाल्गुण  ९ ( Friday , 2020 Feb 21 )

images

१४ जिल्लामा आजदेखि हात्तिपाईले विरुद्धको आम औषधि सेवन अभियान

  • डेमो खबर

  • प्रकाशित: शनिवार , २०७६ माघ  २५

राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान अन्तर्गत आजदेखि १४ जिल्लाका सवै नागरिकलाई हात्तिपाईले रोग विरुद्धको औषधी सेवन गराइने भएको छ ।

नेपाल सरकारले रोगप्रभावित जिल्लाहरुमा गर्ने बार्षिक आम औषधी सेवन कार्यक्रम अन्तर्गत बर्षको एक पटक लगातार ६ बर्षसम्म हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम गर्न लागेको हो ।


ADVERTISEMENT

images

आजदेखि झापा, धनकुटा, मोरङ, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा हात्तिपाइलेको औषधि खुवाइने भएको छ ।

दुई बर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा ओच्छ्यान परेका सिकिस्त विरामीहरुले यो औषधी खान नहुने चिकित्सकहरुले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया