शनिवार , २०७६ फाल्गुण  १० ( Saturday , 2020 Feb 22 )

images

ललिता जग्गा प्रकरण : "१७५ जनाविरुद्ध अदालतमा मुद्दा"

तीन पूर्वमन्त्रीबिरुद्ध मुद्दा दर्ता

  • डेमाेखबर

  • प्रकाशित: बुधवार , २०७६ माघ  २२

काठमाडौँ, माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT

images

अख्तियारले नेता गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी, दिप बस्न्यात, छबिराज पन्त, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, डम्बर श्रेष्ठ, शोभाकान्त ढकालसहित  १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ढकाललाई ३९ करोड २७ लाख ६५ हजार बिगो दाबी गरेको छ ।  
 
विशेष अदालतले आरोप पत्र आइसकेको र रुजु गर्ने काम भइरहेको जनाएको छ । ‘आरोपपत्र आएको छ । हामी रुजू गर्दैछौ, रुजु सकेर दर्ता प्रक्रियामा जान्छौ’, विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।
 

फेसबुकबाट तपाईको प्रतिक्रिया