शुक्रवार , २०७६ फाल्गुण  ९ ( Friday , 2020 Feb 21 )

images

जब प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभयाे...

सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन

  • डेमाेखबर

  • प्रकाशित: बुधवार , २०७६ माघ  २२

काठमाडौँ, माघ । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभयाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ सहभागी हुनुभएको हो ।


ADVERTISEMENT

images

कार्यक्रममा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनु भएको कला प्रतिष्ठानका महासचिव डा. देवी नेपालले जानकारी दिनुभयो । 'पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो', डा. नेपालले भन्नुभयो, 'त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।' 

डा. नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । सारङ्गी साँझमा पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन बजाइएको थियो ।

नाट्य प्रतिष्ठानका झण्डै ३० जना कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए । धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गर्नुभएको हो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया