मंगलवार , २०७६ फाल्गुण  ६ ( Tuesday , 2020 Feb 18 )

images

छिट्टै एउटा मिर्गौला फेर्दैछुः प्रधानमन्त्री ओली

  • डेमो खबर

  • प्रकाशित: मंगलवार , २०७६ माघ  २१

प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै दोस्रो पल्ट मृगौला प्रत्यारोपण गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँग मंगलबार भएको भेटघाटमा उनले उक्त जानकारी दिएका हुन्।

तर नेपालमा वा विदेशमा कहाँ प्रत्यारोपण गर्ने भन्नेबारे उनले खुलाएनन्। १२ वर्षअघि दिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका ओलीको मृगौलाले स्वभाविक काम गर्न छोडेपछि विगत ७ महिनायता नियमित डायलासिसमा छन्।


ADVERTISEMENT

images

म‌ंसिरमा एपेन्डिसाइटिस फुटेपछि उनको शल्यक्रिया गरिएको थियो।  त्यो घाउ ठिक हुन कम्तिमा दुई महिना लाग्ने र त्यसपछि मात्र मृगौला प्रत्यारोपण गर्नेबारे सोच्न सक्ने चिकित्सकहरुले बताएका थिए।

आफ्नो स्वास्थ्यबारे आश्वस्त रहेका ओलीले भने, ‘म अर्को एउटा किड्नी थप्दै छु र पूर्णरुपमा स्वस्थ भई सहजताका साथ बाँकी तीन वर्ष प्रधानमन्त्रीको जिम्मेवारी पूरा गर्नेछु।’

फेसबुकबाट तपाईको प्रतिक्रिया