सोमवार , २०७६ चैत्र  १७ ( Monday , 2020 Mar 30 )

images

भक्तपुरमा बालिका अपहरण : "मागे १६ लाख फिरौती,"

एक जना पक्राउ

  • डेमाेखबर

  • प्रकाशित: आइतवार , २०७६ माघ  १९

भक्तपुर, माघ । नजिका आफन्तले नै भक्तपुरमा ६ वर्षीया बालिकालाई अपहरण गरेका छन् ।  प्रहरीले घटनाको ५ घण्टापछि अपहरणमा संलग्न एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भइ हाल भक्तपुरको बोडेमा बस्दै आएका २० वर्षीय आशिष थापा रहेका छन् । 

थापाले आइतबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका –५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका नूनम (नाम परिर्वतन) लाई  अपहरण गरेका हुन् । 


ADVERTISEMENT

images

प्रहरीका अनुसार विद्यालय प्रशासनलाई झुक्याई यूकेजीमा अध्ययनरत बालिकालाई अपहरण गरी  बालिकाको बाबुलाई फोन गरी थापाले सोह्र लाख नदिए ज्यान मार्ने सम्मको धम्की दिएको खुल्न आएको छ ।
आइतबार दिउँसो मोटरसाइकलमा राखेर बालिकालाई लगिएको सूचना प्राप्त भएलगत्तै खोजीमा प्रहरी टोली परिचालित भएको थियो ।
बालिका अपहरण भएको ५ घन्टापछि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु र महानगरीय प्रहरी वृत्त, ठिमीको संयुक्त टोलीले राधेराधेबाट अपहरणकारीलाई पक्राउ गर्न सफल भएको छ । 

प्रारम्भिक अनुसन्धानमा थापा अपहरित नुनमको नजिकको आफन्त रहेको भन्ने खुल्न आएको र अन्य को कस्को, के कस्तो संलग्न छ भन्ने विषयमा थप अनुसन्धान भईरहेको भईरहेको प्रहरीले जानकारी दिएको छ ।  

सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ स्थित घ्याम्पे डाँडामा बालिका रोइकराइ गर्न थालेपछि थापा बालिकालाई छाडेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 
उक्त स्थानमा घुम्न आउने मानिसले बालिका रोएको देखेपछि सोधपुछ गरि उनलाई स्कुलसम्म छाडिदिएका प्रहरीले जानकारी दिएको छ । नुनमका पितालाई थापाले पटक पटक फोन गरेर १६ लाख रुपैयाँ राधेरोधमा लिएर आउन भनेको सोहीक्रममा प्रहरीले पक्राउ गरेको थियो ।
 

घटनाबारे रातोपाटीले वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालासंग बुझ्न खोज्दा उनले अपहरकारी थापालाई पक्राउ गरिएको र यसबारेमा अनुसन्धान भईरहेको बताए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया